
भीड माँझ टक्क अड्किन पुग्छन
यी दुई नयनका केंद्र बिन्दु
कसैको बाङ्गो नाकमा
अनि,
बिना उत्तरको
कयौं प्रश्न आफूतिर तेर्साएर
भदौरे भेल उर्लिएसरी
समझ बिनाको गहिराईमा रुमलिदै
केही छिनमै झट्का लागेको
सोचलाई विश्राम दिँदै
हतार हतार त्यही भीडमा
फेरि अनुहार नियाल्न कोशिश
लाग्छ बाँकी सबैको
लगभग सोझो नै नाक पाए
बस कुनैकुनै अपवाद बाहेक
गन्ध एउटै, बास्ना समान
सुगन्ध पनि हराभरा
मात्र फरक आकार नाकको
तर,
व्यवहारमा असमानता किन ?
विचारमा भिन्नता किन ?
अचम्म लाग्छ
विडम्बना,
तुच्छ दृष्टिकोणको ।