अक्षरमार्ग

विपत्ति विम्बित आवाज

कृष्णकुमार वैद्य
बनेपा -९, काभ्रे

घर, गोठ, खेत, बारी बगर समान,
बाढीपहिरोले लग्यो निसाना मेटेर ।
अन्नपात, लत्ताकपडा, हुँदा हरण,
बस्नुपर्यो हरे पेटमा सारङ्गी रेटेर ।।

पाकेको बालीनाली बाढीले बगाए,
तिमीले त आङमा जमरा उमार्यौ ।
धर्ती तिम्रो शरीर हो नि ! तर पनि,
धरतीपुत्रको उदरमा लात्ती पा¥यौ ।।

दुःखपिर बोकी कति बगाए आँसु,
आतुर लाग्छ भोकप्यासले दिनकै ।
बिर्सन सकिन्न भूतकालका वैभव,
तड्पाउन आउँछ लौ छिनछिनकै ।।

लाखा, पाखा गर्नुहुन्न विपत्तिमा,
नहोस् पक्षपात, नहुन् है आहत ।
पुनःस्थापना होओस् यसै जुनीमा,
पुर्याउन् मुस्किलमा शीघ्र राहत ।