Skip to main content

अक्षरमार्ग

कवितामा नयाँ आयाम साइनो

भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे ।

थप पढ्नुहोस

सम्पादकीय सान अग्रजलाई सम्मान

यो भिन्न पारिवारिक संस्कार/संस्कृतिले बनाएको समाजलाई सचेत तुल्याउने काम पत्रपत्रिकाले गर्छन् । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक लगायत समय–समयमा प्रकाशित हुने यी पत्रिकाहरुले ऐतिहासिक तथ्यसहित नवीनतम सूचनाहरुबाट पाठक लाभान्वित भइरहेका हुन्छन् । व्यापक रुपमा छरिएका ज्ञान–विज्ञान, राजनीति, संस्कृति, कृषि, भाषा–साहित्य, आविष्कार, खेलकुदका क्षेत्रबाट लिइएका सूचनाहरु मानव मन–मस्तिष्कलाई ताजा र चलायमान राख्ने सामयिक खुराक हुन् । यिनले मानिसलाई सिर्जनात्मक कर्ममा समर्पित हुन अभ्यस्त बनाउँछन् । 

थप पढ्नुहोस