
उषाको लाली चियायो
वालक हेर कति रमायो ।
पर हेर जङ्गलमा
दौड्यो जरायो
चिरविर चिरविर चराहरुको
नाच्यो खरायो ।
उषाको………
ताराहरु लुकिसके
गगनबाट टाढा
रमाउँदै खेल्न थाले
नानीहरु सारा ।
उषाको…………..
हिमालमा चाँदी फुल्यो
बनपाखामा शीत
तिमी हामी मिली सबै
गाऔँ मनको गीत ।
उषाको लाली चियायो
वालक हेर कति रमायो ।