अचेल गाडि थोक्नु
थोकाउनु सामान्य भै सकेेको छ
किनकि
ट्राफिक नियमको पालना छैन
भित्र शहरमापनि आँखा चिम्लेर हुईकिन्छ
गाडि र मोटर साईकलहरु
रातो बत्तीमापनि
कुदाउन्छन ट्राफिकको आँखा छलेर
कोहि बायाँबाट ओभर टेक गर्छन
र अर्को बपरित बाटोलाई छेक्छन
अनि भन्छ
गाडि किन थोकेको?
यहि भनाभनमा बाटो जाम हुन्छ
गाडि र मोटरसाईकल
च्याउ उम्रझै भएको छ
बाटोहरुलाई सास फेर्नपनि
रात हुनु पर्छ
हर्न सुन्दा सुन्दा आजित भएका
रुख बिरुवाहरु
एकअर्काको कुरा सुन्नपनि
सुनसान रात हुनु पर्छ,
आफ्नै बोली नसुनेर
खोलाहरुलाईपनि कहालि लागि सकेछ
अनि
अपहरण गरेर हावालाई
धुवाँ मिसाएर छोडेको छ
हावाको शरीर भरि,
सधै जसो आकाशको कौशीमा बसेर
घाम तमासा हेरिरहन्छन
मान्छेहरु कठपुतली बनेर
नाचिरहेछन्
नगबेलि सडकको रंगमञ्चहरुमा
हो
आजपनि एउटा गाडिलाई
बायाँ तर्फबाट ओभरटेक गरेको
मोटर साईकलले हान्यो
र भनाभन शुरु भयो
यतिकैमा
शहरको जेरी जस्तो बाटो न हो
हेर्दा हेर्दै जाम हुन थाल्यो
यस्को असर
अरु ठाउँठाउँले लियो
बाटो जाम भएपछि
छिचोल्न घण्टाै लाग्ने
यो जामले
कतिको अन्तबार्ता छुटेको छ
कतिको अफिसमा छड्के परेको छ
कति बैठक ढिलो शुरु भएको छ
कतिको कलेज स्कुलको कक्षा छुटेको छ
समयमा भेटन नपाएर
प्रेमीहरु रिसाएको छ
बल्ल बल्ल गाँस्न लागेको
कतिको पहिलो डेेट छुटेेको छ
त्यो भन्दापनि
एम्बुलेन्स आफै सिकिस्त परेको छ बाटोमा
जामको असर त
कहाँ कहाँ हुन्छ बेहिसाब छ
यति चाहिँ पक्का हो कि
आफुले दुर्घटना गर्ने भन्दा बढि
अरुबाट दुर्घटना हुने गरेको देख्छु
यति हुँदा हुँदैपनि
चित्त नबुझ्ने कुराे
यो हो कि
गल्ती जस्को भएपनि
ठुलो गाडिलेनै क्षतिपुर्ति भर्नु पर्ने
नियम बिनाको
चलनचल्तीको नियमपनि गजवकै छ,
सडक सिमित छ गाडिहरु
लाग्छ मान्छेहरु भन्दा बढि छ
मान्छेको सघनतापनि कम्तीको छैन
यहाँ सबैलाई हतारो छ
गल्ती गरेपनि गल्ती नमान्ने चलनको
भर्खर भर्खर
अन्धो बिकाश भएको छ,
अचेल
गजबको अहंम मिसिएको छ
यो काठमाडौं शहरमा
स्वर्ग भएपनि अचेल
ओकलेको छ जताततै
मान्छेहरुले घमण्डको जहर
लाग्छ हरेक घरघरको धुरीमा
आजभोलि
घमण्ड पलाएको छ
यसैले भन्न मन लाग्छ
हो
सोझो
यो कान्तिपुर शहर,
आजभोलि बौलाएको छ