Skip to main content

अक्षरमार्ग

ताम्राकारको दह सार्वजनिक

साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नविनतम् उपन्यास दहको लोकार्पण एक समारोह बीच सम्पन्न भएको छ । सो उपन्यासको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा उपन्यासकार प्रा.डा. विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा. हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी, सर्जक ध्रुबकृष्ण ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दहाल लगायतले सो उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

थप पढ्नुहोस

नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर”

बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर” नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो । पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकको चर्चा परिचर्चा गरिँदै आएको छ ।

थप पढ्नुहोस

वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो ।

थप पढ्नुहोस

मुक्तीका दुई कृति लोकार्पण 

भारतको सिलगढ़ीमा मुक्तिप्रसाद बराल उपाध्यायका´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको आइतबार विमोचन गरिएको छ। 

थप पढ्नुहोस

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई अझ मर्मस्पर्शा बनाएको छ।

थप पढ्नुहोस

प्रसिद्ध कानुनी शिक्षाविद् डा. बलराम गुप्ताले कवितावलीको जनवरी २०२६ अंकको अनावरण

नयाँ वर्षको शुभ अवसरमा, साहित्यिक पत्रिका कवितावलीको जनवरी २०२६ अंकको अनावरण समारोह पंचकुलाको सेक्टर ८ मा एक भव्य वातावरणमा आयोजना गरिएको थियो, जसमा सबैको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गरिएको थियो। पत्रिकाका प्रधान सम्पादक डा. सुरेश पुष्पकर ग्रेट ब्रिटेनबाट अनलाइन सामेल भए। नयाँ अंकको औपचारिक अनावरण प्रमुख अतिथि, प्रतिष्ठित र प्रख्यात कानुनी शिक्षाविद् डा. बलराम गुप्ताले गर्नुभएको थियो।

थप पढ्नुहोस

मधुमधुकर र शान्ति सार्वजनिक भयो

साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोह बीच बीच लोकार्पण भएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन ।

थप पढ्नुहोस

हिउँको गीतलाई पुरस्कार, अर्को वर्षदेखि प्रतिभालाई पनि

उपन्यासकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई शनिबार एक कार्यक्रम बीच कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार समर्पण गरिएको छ । रू एक लाख ५० हजार ६० रुपैयाँ रहेको सो पुरस्कार कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यान (कथा र उपन्यास) मा उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कार को राशी यसै वर्षबाट एक लाख ५० हजार रूपैयाँ पुर्‍याइएको हो ।

थप पढ्नुहोस

साइनो कविताको वार्षिकोत्सव सम्पन्न

शनिबार साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गर्‍याे । डा.सीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार माेहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दाेसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनकाे प्रशंसा गर्नुभयो ।

थप पढ्नुहोस

२१२औं भानुजयन्ती सम्पन्न

आज महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानकाे आयोजना र न्युमिलिनियम कलेजकाे सहआयाेजनामा २१२ औं भानुजयन्तीकाे उपलक्ष्यमा बालसाहित्यकार डा.छायादत्त न्यौपानेकृत हामी गर्छौं किशोर उपन्यासकाे विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो । न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तकाे अध्यक्षता र प्राज्ञ बाबा वस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले हामी गर्छौं शीर्षकको उपन्यास हाम्रा किशोरवयका पाठकका लागि उपयोगी सामग्री हाे । यसबाट युवाहरूलाई शिक्षक,अभिभावक र जनप्रतिनिधिहरूसित जाेडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको छ । उहाँले स्रष्टालाई भाषिक सरलता, विषयवस्तुमा आख्यानीकरण जस्ता केही सीमा सम्पादन हुन सके राम्रो हुने सुझाव पनि दिनुभयाे । कृतिमाथि चर्चा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले हामी गर्छौं कृति किशोर वयका पाठकका लागि पठनीय छ । यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको छ ।

थप पढ्नुहोस