Skip to main content

अक्षरमार्ग

कवितामा नयाँ आयाम साइनो

भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे ।

थप पढ्नुहोस

सम्पादकीय सान अग्रजलाई सम्मान

यो भिन्न पारिवारिक संस्कार/संस्कृतिले बनाएको समाजलाई सचेत तुल्याउने काम पत्रपत्रिकाले गर्छन् । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक लगायत समय–समयमा प्रकाशित हुने यी पत्रिकाहरुले ऐतिहासिक तथ्यसहित नवीनतम सूचनाहरुबाट पाठक लाभान्वित भइरहेका हुन्छन् । व्यापक रुपमा छरिएका ज्ञान–विज्ञान, राजनीति, संस्कृति, कृषि, भाषा–साहित्य, आविष्कार, खेलकुदका क्षेत्रबाट लिइएका सूचनाहरु मानव मन–मस्तिष्कलाई ताजा र चलायमान राख्ने सामयिक खुराक हुन् । यिनले मानिसलाई सिर्जनात्मक कर्ममा समर्पित हुन अभ्यस्त बनाउँछन् । 

थप पढ्नुहोस

समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा गरियो उनको नयाँ कृतिको परिचर्चा

गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति ‘अरु अलिकति फरक कुरा’को परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए ।

थप पढ्नुहोस

पनौती जात्रा

पनौती जात्रा ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ । ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ ।  यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौती जात्रा भने नौ दिनसम्म चल्दछ ।

थप पढ्नुहोस

‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण

हालै एक कार्यक्रमका बीच ‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण भएको छ । सो अंकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि असम, भारतका साहित्यकार ज्ञानबहादुर छेत्री, सम्पादक पन्थी, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डेलगायतले गरेका थिए । किरण पुस्तकालय तम्घास, गुल्मीले वि.सं. २०३० सालदेखि प्रकाशन गरेको ‘हाम्रो पुरुषार्थ’ को सम्पादक शशि पन्थी हुनुहुन्छ ।

थप पढ्नुहोस

गीतकार रविन्द्र आशिष शैलीको “किन किन आकाशमा छैन जुन आज” लोकार्पण

प्रेम, पिडा, आशा र शून्यतालाई समायोजन गरी तैयार पारिएको गीतको भिडियो हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा गरिएको लोकार्पणमा प्रमुख अतिथी वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत अत्यन्त राम्रो र नेपाली सांगितीक श्रोताको मनमा बस्न सक्ने खालको बनेको बताए । परम्परागत कालजयी गीतको भावनालाई मर्न नदिनु र अहिलेको पुस्तालाई पनि समेटेर गीत लेख्ने गीतकार सधै चर्चाको शिखरमा रहने पनि वरिष्ठ गीतकार थापाले बताए । थापाले शैलीका शव्दलाई संगीतकार ज्योति प्रकाशले न्याय दिएका पनि बताए । अहिलेको यो पुस्तामा बन्ने गीत क्षणभरमै आउने क्षणमै हराउने भएकाले शैली र ज्योतिको परिश्रमको मिश्रण सदाबहार खालको भएको पनि बताए ।

थप पढ्नुहोस

कवि सूर्यका कवितामाथि समालोचना कृति

सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक पुस्तकमा एघार परिच्छद छन् । समालोचक श्रीहरि फुयाँलले कवि लाकोजुका प्रकाशित छओटा कवितासङ्ग्रहहरु स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खालको आधारमा कवि सूर्य लाकोजूको कविताहरुको विवेचना गरेका छन् । यो कृतिले कवि सूर्य लाकोजूको कवित्वलाई चिनाउने प्रयास गरिएको छ । ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।

थप पढ्नुहोस

पाँच मुक्तक

खाली कागजमा जे रंग नि कोरे पनि हुन्छ

मन न हो आखिर जता रंग सोरे पनि हुन्छ

किंतु यहाँ अमित भावनाका रंग नबिर्सनु

अरे खुला भन्दैमा नकोर्नु जे भरे पनि हुन्छ।

थप पढ्नुहोस

पूर्णकुमार शर्माको ‘नयाँ बाटो’मा हिँड्दाको अनुभव

 ‘जताततै घर बनाएर सम्पत्ति थुपार्ने क्रममा यिनले पर्यावरण नष्ट गरेकाले जलवायु सम्म परिवर्तन हुनु पर्ने अवस्था बनाएको यिनै मनुष्यले हो’ (स्विटीको प्रेम र न्याय)।

थप पढ्नुहोस

बिरोनो हुँदै गाउँ

‘त्यहाँ, कुन पार्क वा मार्केट छ, जहाँ म उनीसँग घुम्न जानु। जहाँसम्म उनीसँग बस्ने कुरा छ, उनीसँग बस्दा खेतबारी र गोठालाको मात्रै कुरा गर्नुहुन्छ। राजनीतिको कुरा गर्दा गाउँको मुखियाको कुरा गर्नु थाल्छ। संसार कहाँदेखि कहाँसम्म पुगिसकेको छ, तर उसले आफ्नो गाउँ बाहिर केही सोच्न सक्दैन।’
आमाले एक्लै जानुको विकल्प अर्को बाटो देख्नुभएन, उसलाई लाग्यो, शहरको नयाँ पुस्ताको लागि गाउँ धेरै बिरानो हुँदै गएको महसुस भयो।।

थप पढ्नुहोस