Skip to main content

अक्षरमार्ग

हिउँको गीतलाई पुरस्कार, अर्को वर्षदेखि प्रतिभालाई पनि

उपन्यासकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई शनिबार एक कार्यक्रम बीच कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार समर्पण गरिएको छ । रू एक लाख ५० हजार ६० रुपैयाँ रहेको सो पुरस्कार कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यान (कथा र उपन्यास) मा उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कार को राशी यसै वर्षबाट एक लाख ५० हजार रूपैयाँ पुर्‍याइएको हो ।

थप पढ्नुहोस

नेपाल सम्वत्

नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । संसारमा आफ्नै देशको नामबाट चलेका, प्रचलनमा आएका सम्वत्हरु प्रायः देखिँदैनन् । तर नेपाल राष्ट्रकै नामबाट चलेको सम्वत् नेपाल सम्वत् नेपालमा चलेको छ । जसरी राष्ट्रको गान हुन्छ, राष्ट्रिय चरा हुन्छ, राष्ट्रिय जनावर हुन्छ, फूल हुन्छ, राष्ट्रिय झण्डा हुन्छ त्यसैगरी राष्ट्रको सम्वत् पनि हुन्छ । नेपाल सम्वत् पनि नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । यो नेपालको राष्ट्रिय सम्वत् भएतापनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग भने अहिले पनि नभएको अवस्था छ ।

नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वा हुन् । उनले ऋणमा रहेका गरिब जनताको ऋण तिरेर उनीहरूलाई ऋणबाट मुक्त गरेर रैतिबाट नागरिक बनाएको खुशीयालीमा यो सम्वत् चलाएका   थिए ।

थप पढ्नुहोस

मानवता

“दाइ, मेरो अस्मिता बचाइदिनुस्, पछ्याउँदै एकहूल नरपशुहरू आइरहेछन् । रोएँ, कराएँ, दयाको भीख मागें सुनेनन् । उहाँलाई भेट्न हिजो गाउँबाट आएकी । कोठा छाडी सक्नुभएछ । भोलि घर फर्कन्छु । केवल आजको चार प्रहर रात यसरी अभिव्यक्ति भएकी थिई ऊ र आँखाबाट मोतीका दाना झरिरहेका थिए । कपाल अस्तव्यस्त देखिन्थ्यो । अनुहार, भयभीत र शरीर लगलग काम्दै थियो ।

थप पढ्नुहोस

मातामय जगत्

तर, म सपनामा असाध्यै विश्वास गर्छु । चाहे त्यो निद्रामा देखिएको सपना होस्; वा, विपनामा देखिएको सपना होस् । दुवैमा मेरो आस्था छ । दुवैमा मेरो विश्वास छ । सपना, सपना नै हो भन्ने जान्दाजान्दै पनि यसप्रति मेरो मोह र विश्वास अविचलित  छ । सपनामा विश्वास गरेर त्यसप्रति निरन्तर रूपमा लगनशील लगाव लगाउन सक्यो भने त्यसले साकार रूप पाउँछ भन्ने कुरामा म विश्वस्त छु ।

थप पढ्नुहोस

अर्को एक असुरक्षित अभिलेख

त्रिपुर विद्यापीठ आगमको पेटीमा सामान्य ढुङ्गेपत्र सरी टेक्नका लागि छापिन पुगेको नेपाल संवत् ९०२ को शिलालेख । सो शिलालेख अध्ययनका क्रममा मेरो साथमा, बायाँबाट एकजना स्थानीय, सोही आगमका आचार्य प्रा.डा.सिद्धिवीर कर्माचार्य, अन्वेषक र मेरा विद्यार्थी स्वरिक । छायाचित्र ः राजेन्द्र चवाल ।

थप पढ्नुहोस

साइनो कविताको वार्षिकोत्सव सम्पन्न

शनिबार साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गर्‍याे । डा.सीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार माेहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दाेसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनकाे प्रशंसा गर्नुभयो ।

थप पढ्नुहोस

नेपालको सनातन सभ्यता र संस्कृति

नेपाल एक प्राचीन सभ्यताको धनी मुलुक हो, जहाँ हजारौं वर्षदेखि सनातन संस्कृति र सभ्यताको गहिरो प्रभाव छ । यहाँका पर्व, संस्कार, रीतिरिवाज, सामाजिक व्यवहार, धार्मिक विश्वास र जीवनशैली सबै सनातन मूलका छन् । सनातन शब्दको अर्थ नै ‘सदाको लागि रहने’, अर्थात् नाश नभएको र सदा कायम रहने सिद्धान्त वा परम्परा हो । नेपालको इतिहास, भूगोल, जनजीवन, साहित्य र धर्म—सबैमा सनातन परम्पराको गहिरो छाप स्पष्ट देखिन्छ ।

थप पढ्नुहोस

समाधान

सरकारको नेतृत्व गरेको दुईचार महिना नबित्दै प्रतिपक्षी दलहरुले विरोध र हडताल गर्न थालिहाले । महंगी नियन्त्रण नगरेको र जनताको हक कुण्ठित हुने विधेयक ल्याउन लागिएको भन्दै गरेको आन्दोलन र विरोध कार्यक्रमले सरकार संकटमा पर्यो ।

थप पढ्नुहोस

२१२औं भानुजयन्ती सम्पन्न

आज महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानकाे आयोजना र न्युमिलिनियम कलेजकाे सहआयाेजनामा २१२ औं भानुजयन्तीकाे उपलक्ष्यमा बालसाहित्यकार डा.छायादत्त न्यौपानेकृत हामी गर्छौं किशोर उपन्यासकाे विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो । न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तकाे अध्यक्षता र प्राज्ञ बाबा वस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले हामी गर्छौं शीर्षकको उपन्यास हाम्रा किशोरवयका पाठकका लागि उपयोगी सामग्री हाे । यसबाट युवाहरूलाई शिक्षक,अभिभावक र जनप्रतिनिधिहरूसित जाेडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको छ । उहाँले स्रष्टालाई भाषिक सरलता, विषयवस्तुमा आख्यानीकरण जस्ता केही सीमा सम्पादन हुन सके राम्रो हुने सुझाव पनि दिनुभयाे । कृतिमाथि चर्चा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले हामी गर्छौं कृति किशोर वयका पाठकका लागि पठनीय छ । यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको छ ।

थप पढ्नुहोस

नयाँ भुटानको छायाँ चित्र लोकार्पित

समालोचक तथा प्रसिध्द आख्यानकार डा.गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ भुटानको छायाँ चित्र” को एक समारोहका वीच बिमर्स कार्यक्रम सम्पन्न भयो । प्रा.ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो कृतिमाथि हेमचन्द्र नेपालबाट विशेष समीक्षा, प्रा.डा.कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी तथा साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी गरेका थिए । लेखक डा.गोविन्दराज भट्टराईले आफ्नो कृति लेखनको पृष्ठभूमि तथा अमेरिका भ्रमणको सन्दर्भ प्रस्तुत गरेका थिए ।


थप पढ्नुहोस