अक्षरमार्ग

साहित्य विविध

पनौती जात्रा

पनौती जात्रा ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ । ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ ।  यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौती जात्रा भने नौ दिनसम्म चल्दछ ।

थप पढ्नुहोस

ताम्राकारको दह सार्वजनिक

साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नविनतम् उपन्यास दहको लोकार्पण एक समारोह बीच सम्पन्न भएको छ । सो उपन्यासको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा उपन्यासकार प्रा.डा. विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा. हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी, सर्जक ध्रुबकृष्ण ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दहाल लगायतले सो उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

थप पढ्नुहोस

नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर”

बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर” नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो । पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकको चर्चा परिचर्चा गरिँदै आएको छ ।

थप पढ्नुहोस

दह

तिम्रो कोलाहलबाट टाढा छु म
आफ्नै मौन साँधेर
गहराईमा, मुस्कुराउन खोजिरहेछु।
जति तिमी ढुङ्गा फ्याँकुन
तिम्रो चोट सहेर
मनको तिक्तता मेट्न खोजिरहेछु

थप पढ्नुहोस

प्रिय शिक्षा

शिक्षा शिक्षा शिक्षा आहा शिक्षा !!
सबैको प्रिय सबैका लागि प्रिय
हिजो प्रिय आज प्रिय
भाेलिकाे उज्यालो प्रिय प्रतीक्षा
प्रिय मान्छेहरूकाे प्रिय
समताकाे साइनो व्यवहारकाे चिनाे

थप पढ्नुहोस

पाँच मुक्तक

जब आगो नै जलेपछी धुँवासंग किन गुनासो पोख्छौ?
कुवामा पानी नै सुकेपछी किन प्यास मेट्न खोज्छौ?
सायद खाल्डो भएर होला भरिनु नै तिम्रो नियति रै छ।
जब हिउँ पग्लन्छ बश,तिमी आफ्नै नाङो पहाड रोज्छौ।

थप पढ्नुहोस

कलहकाे साइनो

जीवन हाे, सम्बन्ध चाहिन्छ । सम्बन्धमै हाे सृष्टि फक्रेर सौर्न्दर्य बटुलिने र सम्बन्धलाई सहृदयी र सुमधुर बनाउने चेतनाले हाे तर यहाँ चेतनाले काम नगरी मै-मत्त भई आफै जान्ने सुन्ने हुँ भनेर स्थापित सम्बन्ध निभाउन गाह्रो मान्नेहरूकाे भिड बढाउने आजकाे वस्तुस्थितिले के सामाजिक बेथितिमा मलजल गरी मानवअस्तित्व सङ्कटमा पारिरहेको छैन ?

थप पढ्नुहोस

मूल्यहिन श्रम

प्रजातन्त्रको शीतल छाया
लोकतन्त्रको न्यानो घाम
अथवा
गणतन्त्रको सर्वोच्च शिखरले
अभावको तिखो काँडा
कतै पर हुत्याउन सकेन
ब्यवस्थाले काँचुली फेरि पनि
हाम्रो अवस्था जस्ताको त्यस्तै छ ।

थप पढ्नुहोस

वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो ।

थप पढ्नुहोस

मुक्तीका दुई कृति लोकार्पण 

भारतको सिलगढ़ीमा मुक्तिप्रसाद बराल उपाध्यायका´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको आइतबार विमोचन गरिएको छ। 

थप पढ्नुहोस