Skip to main content

अक्षरमार्ग

मौन व्रत

हिजो
तिमीले आतङ्ककारी भन्यौ
मैले पत्याएं
र सिद्ध गर्न
मन, वचन र कर्मले
बल लगाएं

फेरि तिमी बोल्यौ
यी क्रान्तिकारी हुन
म चुप लागें
अहिले तिमी भन्दैछौ
यी सदाचारी हुन
म भने
तिमीबाट ज्ञान पाएर
मौन व्रतमा छु ।