बुझे उज्यालो संसार हो जिन्दगी
अनुभवहरुको सार हो जिन्दगी !
टुट्न पनि सक्छ जुट्न पनि सक्छ
स्वतन्त्र चङ्गा झैं उड्न पनि सक्छ
सुधी हातहरुको सम्भार हो जिन्दगी
बुझे उज्यालो संसार हो जिन्दगी !
कहिले दुःख कहिले सुख यस्तै हो
कतै मिलन कतै बिछोड जस्तै हो
फूलको रङ्गिन बजार हो जिन्दगी
बुझे उज्यालो संसार हो जिन्दगी !
वागमती ११, कर्मैया, सर्लाही