Skip to main content

अक्षरमार्ग

यस अमूल्य योगदानको निमित्त म उहाँको प्रशंसा गर्दछु

तिरुक्कुरल निश्चित संरचनामा लिखित श्लोकबद्ध रचना हो । यहाँ गद्यरुपको अनुवादमा छ । अत्यन्तै सुन्दर, अत्यन्तै पठनीय, हाम्रा सम्पूर्ण साहित्य प्रेमीका हातमा यो कृति पुगोस् किनकि पठनको विस्तार नभै ज्ञान र चेतनाको विस्तार हुनेछैन । विश्वका महान् कर्महरु हाम्रो आफ्नै सांस्कृतिक आँगनमा आउनु सानो कुरा होइन ।

थप पढ्नुहोस

सुनौलो बिहानी आउने छ

हो अवश्य आउने छ
खुशीको लालीमा छर्दै
सुनौलो बिहानी हाम्रैलागि
अनि हट्ने छ
अभावको बाक्लो तुवाँलो
अन्त्य हुनेछ
घरदेश र परदेशको
कहाली लाग्दो कथाको ।

थप पढ्नुहोस

पुच्छरवाद, जिन्दावाद !

विश्वइतिहासलाई पल्टाइहेर्दा जति पनि ठूला मान्छे भए ती कुनै न कुनै रूपमा कसै न कसैको पुच्छर लागेकै थिए । चाहे नेता हुन्, चाहे प्रणेता, चाहे अभिनेता हुन् चाहे दर्शनज्ञाता, चाहे राजनीतिज्ञ हुन् चाहे नीतिज्ञ, चाहे विश्वविजेता हुन् वा अभियन्ता सबै पहिलेका अगुवाहरूको पुच्छर लागेरै त्यहाँसम्म पुगेका हुन् ।

थप पढ्नुहोस

तीन मुक्तक

चुम्बक जस्तो तिम्रो अँगालोमा अटाउन के सक्छु म
तिम्रै सुगन्धित मझेरीमा गुनगुनाउन के सक्छु म
यता डुलेँ उत्ता घुमे तिम्रै आँगन उत्कृष्ट भो
मेची काली मुस्कान भित्र हराउन के सक्छु म ?

थप पढ्नुहोस

भिएनामा तीन महिना (जनवरी–एप्रिल, २०१४)

विमानको झ्यालबाट आठ बजे बिहानको उज्यालोमा सेतो हिमाली श्रृँखलालाई देख्दा मनै कस्तो कस्तो भएर आयो, आँखाका कुनाहरु सजल । स्वदेश आई पुगेछु मन ढुक्क भयो ।

थप पढ्नुहोस

महानगरमा कतै

अंध्यारो थियो यो कोठामा बरसौंदेखि । बाहिर शायद प्रकाश हुन्छ होला तर यहाँ भीत्र कहिल्यै आउँन पाएको होइन । शान्त, हिउँझैं शान्त र कालो सुनसान ।

थप पढ्नुहोस

कहाँ देख्नु आफैलाई ?

यही भएर त हो नि पहिलेको जस्तो हार्दिकता कहाँ पाइन्छ र अचेल ! अरु त अरु । एउटै घरछानामा बसेका एकै परिवारकोमा समेत हार्दिकता महङ्गो बन्दै गएको छ । भेट हुने तर मनले नहुने । कुराकानी पनि मुखैले मात्र । जोखेर बोलेजस्तो थोरै थोरै मात्र । घरभरिका परिवार कोही टुइटरमा, कोही मेसेन्जरमा, कोही इमेलमा, कोही सिरियलमा, कोही पत्रिकामा, कोही फोनमा, कोही एफएममा । फुर्सदमा कोही कसैलाई हुँदैन् । जेमा टाँसे पनि टाँसेको टाँस्यै । अनि कसरी बढ्छ प्रेम आफूआफूमा ? कसरी बढ्छ सद्भाव एकआपसमा ? मानिसको गणना बढ्दै गएर के गर्नु, प्रेमको आयु घट्दै गएपछि ।

थप पढ्नुहोस

अन्तर्वार्ता – गायत्री श्रेष्ठ, साहित्यकार

म त फ्रि माइन्डेड खालको मान्छे । मलाई त्यस्तो फरक केही छ जस्तो लाग्दैन । मलाई क्यान्सर लाग्दाचाहिँ त्यस्तो केही लागेन, तर क्यान्सरको उपचारपछि भने मैले अरुहरुबाट जे सुनेँ, अरु बिरामीको अवस्था जो देखेँ, त्यसले भने म अचम्मित भएको छु । मलाई भेट्न आउनेहरुले मृत्युको मुखबाट फर्केर आउनुभएको भनेर भन्ने गरेको सुन्दा भने साँच्चै हो कि क्या हो जस्तो लागेको हो ।
क्यान्सर ठिक भएपछि त्यसका बारेमा केही लेख्नुपर्छ भनेर जगदीश घिमिरेका ‘अन्तर्मनको यात्रा’ पनि दोहो¥याएर पढेँ । त्यसपछि मैले एउटा लेख लेखेको थिएँ । त्यो लेख गोविन्दराज विनोदी गुरुलाई सुनाएकी थिएँ । उहाँले ‘यस्तो लेख केवल लेख्नका लागि लेख्नुभएको हो कि हामीलाई रुवाउन लेख्नुभएको हो ?’ भनेर सोध्नु भयो । उहाँको कुरा सुनेपछि मलाई भित्रै चसक्क भयो । यस्ता दुःख र पीडाका कुरा लेख्न नहुने रहेछ भन्ने ठानेँ । अनि मैले क्यान्सरसँग सम्बन्धित त्यो लेखनलाई चटक्कै रोकिदिएँ । तर जीवनलाई गतिलोसँग बुझ्न एकपल्ट मृत्युलाई नजिकबाट अनुभव गर्नुपर्ने रहेछ, त्यस्तो खालको घटनालाई भोग्नुपर्ने रहेछ ।
थप पढ्नुहोस