Skip to main content

अक्षरमार्ग

जन्मदिनको उपहार

आमाले भनिन्ः ‘अजय तँ मसँग घरमा हिँड् । मैले तेरो लागि के के ल्याएको छू ।’ अजयको अनुहार खुसीले चम्कियो । ऊ तुरून्त आमाको साथ घरमा गयो । मैचाले झोलाबाट एउटा डब्बा झिकेर अजयको हातमा राखिदिइन् । अजयले, डब्बा खोल्यो । त्यहाँ मिठाई र राम्रो कलम थियो । ऊ खुसी हुदै आमासँग सोध्योः‘यो मिठाई चाँहि के को उपलक्षमा नि आमा ?’ मैचाले भनिन्ः–‘आज तेरो जन्मदिन हो । यो कलम तेरोलागि मेरो तर्फबाट उपहार । साथीहरmको अगाडी अब तैले सजाए खानु पर्दैन मन खोलेर राम्रोसँग पढ्नु लेख्नु । सरको स्यावासी थाप्नु । राम्रो असल मान्छे बन्नु है बाबु ।

थप पढ्नुहोस

रमनको नाकमा कालो धर्सो

यसरी नाकबाट रगत बग्ला आकाशतिर फर्की नाक थुन्ने चलन छ । तर नाक कान घाँटी सम्बन्धी विज्ञ डाक्टरहरूको अनुसार यसो गर्दा घाँटीतिर रगत जान सक्ने हुनाले बरु निहुरिएर नै बस्ने तर बूढी औंला र सँगैको चोर औंलाले नाकको पोरा च्याप्प समाई करीब पाँच मिनेट समाउनु पर्दछ ।

थप पढ्नुहोस

राष्ट्रकविसँगका केही संस्मरण

उहाँसँग ब्यक्तिगत घनिष्ठताको सम्बन्ध होइन, केवल अक्षरको सम्बन्ध थियो । अक्षरका साधक उहाँ नेपाली भाषा र साहित्यका बारेमा मात्र सोच्नुहुन्थ्यो । अक्षरसेवीहरूका लागि उहाँको घरको ढोका सदैव खुला थियो । दिवाकारका चुम्बनको लोकार्पण कार्यक्रम त्यसको ज्वलन्त उदाहरण हो ।
आज राष्ट्रकवि माधवप्रसाद घिमिरे भौतिक रूपमा हामी वीच हुनुहुन्न तर नेपाली भाषा र साहित्यको फूलबारीमा उहाँ कहिल्यै नवैलाउने अमर पुष्पको रूपमा रहनुहुने छ ।

थप पढ्नुहोस

भानुभक्त र घाँसी

`राम्रो काम गरेर नाम कमाउँछु
घाँस काटी बेचेर कुवा खनाउँछु´
घाँसी दाइका कुराले बल्ल जोस्सिए
नाम कमाउँछु भनेर भानु कस्सिए

थप पढ्नुहोस

हरिराम जोशी र सूर्य लाकोजू इतिहास र संस्कृति गौरव सम्मानित

सो सम्मान कार्यक्रममा प्रमुख  अतिथि प्रा डा. पुरूषाेत्तमलाेचन श्रेष्ठले दुबैलाई सम्मान  अर्पण गरेका थिए । कार्यक्रममा उनले मानिसलाई चिरकालसम्म चिनाउने उसको असल कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर इतिहास र संस्कृतिमा ठूलो योगदान गरेका व्यक्ति भएको बताए । एक अर्को प्रसङ्गमा प्रा. डा. श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, माेहन दुवाल, सूर्यप्रसाद लाकाेजूका साथै इतिहासविद् हरिराम जाेशी राष्ट्र रत्न रहेकाे चर्चा गरे ।

थप पढ्नुहोस

घामका उपासक सूर्यप्रसाद लाकोजू विमोचित

सूर्यप्रसाद लाकोजू सिर्जना , साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रि वेणी हुन । उनै साहित्यकार , साहित्यिक पत्रकार, साहित्यिक अभियन्ता सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी सो पुस्तक तयार पारिएको हो ।  पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।

थप पढ्नुहोस

कृति विवेचना

कुशल विशेषज्ञ एवम् उम्दा साहित्यिक स्रष्टा योगेन्द्र तिमिल्सिना ज्यूका चार उपन्यास, एक संयुक्त कथा संग्रह समेत चार कथा संग्रह, एक जीवनी विश्वका बिख्यात साहित्यकार र एक समीक्षात्मक रचना जस्ता सिर्जित कृतिका साथै अनन्त इच्छाका गीत कविता संग्रह र अनेकन लेखरचनाहरु प्रकाशित छन् । ती मध्येमा अनन्त इच्छाका गीतहरु कविता संग्रह र आश्मा र अरु कथाहरु जुन साहित्यपोष्ट, गोरखापत्र र मधुपर्क जस्ता पत्रिकाहरुमा प्रकाशित कथाहरुको संगालो समेतको दुई पुस्तक भर्खरै विमोचित भएका हुन् ।

थप पढ्नुहोस