सुर्यप्रसाद लाकोजू
कवि सूर्यका कवितामाथि समालोचना कृति
सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक पुस्तकमा एघार परिच्छद छन् । समालोचक श्रीहरि फुयाँलले कवि लाकोजुका प्रकाशित छओटा कवितासङ्ग्रहहरु स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खालको आधारमा कवि सूर्य लाकोजूको कविताहरुको विवेचना गरेका छन् । यो कृतिले कवि सूर्य लाकोजूको कवित्वलाई चिनाउने प्रयास गरिएको छ । ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
मुक्तक
सबै अट्ने एउटै छाना छाउन पाए हुन्थ्यो
सबैसँग चोखो प्रीति लाउन पाए हुन्थ्यो
हिमाल, पहाड र तराईको शब्द जोडेर
सधैभरि देशको गीत गाउन पाए हुन्थ्यो ।
राष्ट्रकविसँगका केही संस्मरण
उहाँसँग ब्यक्तिगत घनिष्ठताको सम्बन्ध होइन, केवल अक्षरको सम्बन्ध थियो । अक्षरका साधक उहाँ नेपाली भाषा र साहित्यका बारेमा मात्र सोच्नुहुन्थ्यो । अक्षरसेवीहरूका लागि उहाँको घरको ढोका सदैव खुला थियो । दिवाकारका चुम्बनको लोकार्पण कार्यक्रम त्यसको ज्वलन्त उदाहरण हो ।
आज राष्ट्रकवि माधवप्रसाद घिमिरे भौतिक रूपमा हामी वीच हुनुहुन्न तर नेपाली भाषा र साहित्यको फूलबारीमा उहाँ कहिल्यै नवैलाउने अमर पुष्पको रूपमा रहनुहुने छ ।
घामका उपासक सूर्यप्रसाद लाकोजू विमोचित
सूर्यप्रसाद लाकोजू सिर्जना , साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रि वेणी हुन । उनै साहित्यकार , साहित्यिक पत्रकार, साहित्यिक अभियन्ता सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी सो पुस्तक तयार पारिएको हो । पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।
सुनौलो बिहानी आउने छ
हो अवश्य आउने छ
खुशीको लालीमा छर्दै
सुनौलो बिहानी हाम्रैलागि
अनि हट्ने छ
अभावको बाक्लो तुवाँलो
अन्त्य हुनेछ
घरदेश र परदेशको
कहाली लाग्दो कथाको ।