
पनौती-७, काभ्रेपलान्चोक
सानो सानो चरी
घुम्छ वरीपरी
पुग्छ माथि माथि
हेर हेर साथी ।
रुखमा छ उस्को बास
उड्छ छुनलाई आकाश
भोक लागे तल आउँछ
खान उसले धर्तीमै पाउँछ ।
चिर्विर चिर्विर गीत गाउँछ
मिर्मिरे मै सबलाई उठाउँछ
छिटो सुत्नु पर्छ भन्छ
सवेरै उठ्नु पर्छ भन्छ ।