– लीलाराज दाहाल
तिमी जति रिसाऊ, एकदिन फकाइहाल्छु
मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु ।
सम्झनाको रुमाल च्यातिसक्यौ कि
प्रेमले उन्या माला फ्याँकिसक्यौ कि
मनमा छ भाव कस्तो एकदिन बताइहाल्छु
मायाले बाँधी तिमीलाई एकदिन सताइहाल्छु ।
तिमी जति ……………
यो मनदेखि त्यो मन नबढाऊ दूरी
कलेजीमा प्यारको नचलाऊ छुरी
तिम्रो दिलभित्र हक एकदिन जमाइहाल्छु
मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु ।
तिमी जति………………….