बालगीत
फुलै फूल फुलाउने कस्तो राम्रो बानी
मन धाेई सुकाउने नानी कति ज्ञानी
मुस्कुराई मिठाे बाेल्ने सिपालु छ बानी
सिर्जनाले सजिइने कर्मयाेगी नानी
फुलै फूल फुलाउने कस्तो राम्रो बानी
मन धाेई सुकाउने नानी कति ज्ञानी
मुस्कुराई मिठाे बाेल्ने सिपालु छ बानी
सिर्जनाले सजिइने कर्मयाेगी नानी
शनिबार साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गर्याे । डा.सीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार माेहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दाेसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनकाे प्रशंसा गर्नुभयो ।
नेपाल एक प्राचीन सभ्यताको धनी मुलुक हो, जहाँ हजारौं वर्षदेखि सनातन संस्कृति र सभ्यताको गहिरो प्रभाव छ । यहाँका पर्व, संस्कार, रीतिरिवाज, सामाजिक व्यवहार, धार्मिक विश्वास र जीवनशैली सबै सनातन मूलका छन् । सनातन शब्दको अर्थ नै ‘सदाको लागि रहने’, अर्थात् नाश नभएको र सदा कायम रहने सिद्धान्त वा परम्परा हो । नेपालको इतिहास, भूगोल, जनजीवन, साहित्य र धर्म—सबैमा सनातन परम्पराको गहिरो छाप स्पष्ट देखिन्छ ।
सूर्यको पारिलो घाम
धर्तीभरि पोखिएको बेला
तिम्रो अनुहारभरि
अँध्यारो पोतिएको थियो
सरकारको नेतृत्व गरेको दुईचार महिना नबित्दै प्रतिपक्षी दलहरुले विरोध र हडताल गर्न थालिहाले । महंगी नियन्त्रण नगरेको र जनताको हक कुण्ठित हुने विधेयक ल्याउन लागिएको भन्दै गरेको आन्दोलन र विरोध कार्यक्रमले सरकार संकटमा पर्यो ।
यात्रा हो जीन्दगी खाइरहन्छ चोटहरू
जात्रा हो जीन्दगी लगाइरहन्छ खोटहरू
जात्रा र यात्राको घनचक्करमा मित्र
पीडा भित्रै लुकाई मुस्कुराऊन् ओठहरू ।
– भीमप्रसाद काफ्ले जसको मनमा हरि छैन, हरिका भक्त तिनै दन्त्यकथाका ईश्वर पुज्दै,अर्ती दिने तिनै खेतीपाती राम्रो तिनको, नित्य पूजाआजा पितृहरुको भरिया बन्दै, बोक्छन् झोली तिनै । भगवान् जस्तो अनुहारको मित्र, पनि दानव हुनसक्छ दानव देखिने पनि भित्र, नचिनेको भगवान् हुनसक्छ भित्र बाहिर एउटै हुने, दिव्य स्वरूप यहाँ को नै छ र? रगतमासु लुछिखाने हिँस्रक यहाँ, महामानव हुनसक्छ । बिर्सिदेऊ प्रेमकथा, च्यातिदेऊ सबै पानाहरु नपाल मनमा केही, तिम्रो याद आउँने व्यथाहरु सपनाका पर्दा च्याति, चियाउँदै नहेर तिमी बालकदेखि जवानीका मिठा, बिर्स सबै कथाहरु । धर्मछाडा, मर्मछाडा, कर्मछाडा साँढा तिनकै वंश फैलेका छन्, आज डाँडाकाँडा लाज सरम छाडी जति, माथि उठ्छन् अनि घाँटीसम्म खान्छन् तिनै, लुटी लाटागाँडा । घर बनाउँने कला छैन, स्वर्ग रच्न खोज्छन् डेढ अक्कली गफ चुट्दै, कुतर्कले घोच्छन् टपर्टुइयाँ भ्यागुतो, जति उफ्रोस् कुवामै खस्छ गफमा विद्यावारिधि गफैले, मख्ख पार्न खोज्छन् ।
– प्रेम राई परीक्षित गोधुलिबाट छिरबिरे बादलहरू निस्कियो र एकछिन हस्तिनापुर माथिको घाम छोपिदियो त्यसपछि अर्जुनको अग्नि समाधिको आशामा एकछिन जयद्रतहरू खुसीले उफ्रिए गान्धारबाट बैशाखी टेकेर हस्तिनापुर छिरेका शकुनिहरूले उत्सव मनाए द्रौपदीको चीर हरण गर्ने दुशाषणहरूको अट्टहासले कुरुप बन्यो फेरि एकपटक हस्तिनापुर धृतराष्ट्रहरू कमा र फुलिष्टप नहटाउने भन्दै पाण्डवहरूलाई पाँच गाउँ पनि नदिने सङ्कल्प लिएर फर्किए हस्तिनापुर आफ्नै प्रतिज्ञाले थलिएका निष्प्राण गङ्गापुत्र भीष्म बाणहरूको शैयाबाट हेरिरहेका थिए ताण्डव नृत्य कृपाचार्य, द्रोणाचार्य दुर्योधन, शकुनि अश्वस्थामा अनि कर्णहरू चक्रव्युहभित्र घोचिरहेका थिए एक्लो अभिमन्यूलाई बाणका निर्दयी सुईराहरूले नूनको भारिमा पुरिएका द्रोणाचार्य अनि कृपाचार्य रेट्दै थिए सत्यको घाँटी दुर्योधनले अङ्गदका राजा बनाएपछि आफ्नै भाइहरूमाथि कर्ण प्रहार गरिरहेका थिए ब्रह्मास्त्र दुर्योधनको ढिपिले चर्कियो युद्ध शान्तिदूत कृष्णहरू बनाइए हाँसोका पात्र जित कसैको भएन दुर्योधनको जिद्धिले भएको कुरूक्षेत्र समग्रमा रुपान्तरित भयो हस्तिनापुर लाशहरूको बगँचामा ….!
गाउँ सुनसान विदेश जाने लस्करमा लागेपछि
कसको के लाग्छ राज्य नै तस्करमा लागेपछि
राजनीतिक परिवर्तनसँगै उँभो लाग्ला भनेको,
देशै डुब्ने भो शासक अस्वस्थकरमा लागेपछि ।